Advertisement
Advertisement
Advertisement
Advertisement

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

  |      21:44:00   |  
नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

भदौ २२, बाजुरा। अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको आज नौ वर्ष पुरा भएको छ । वि सं। २०६५ आजकै दिन सरकारले पाँचबुँदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो जोत्दै आएका छन् । 

 

हलियाहरूले दैनिक छाक टार्न र बालबालिकालाई पालन पोषण गर्न अहिलेपनि हलिया बस्दै आएकोमा हलिया अधिकारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् । मुक्त हलिया दिवसको अवसरमा जिल्लाका हलिया अधिकारकर्मीले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराका अध्यक्ष वीरबहादुर विश्वकर्माले बताए । 

 

संघका अध्यक्ष विश्वकर्मा, जिल्ला दलित सशक्तीकरण 
नेटवर्कका गोरख सार्कीको संयुक्त हस्ताक्षरित पत्रमा जिल्लामा हालसम्म एकहजार तीनसय मुक्त हलियामध्ये क वर्ग १सय ४२, ख वर्गका २ सय ४६, ग वर्गका १सय ५० जना र घ वर्गका ८ सय २५ जना गरी एक हजार १ सय ८९ ले मात्र हलिया परिचय पत्र पाएको उल्लेख गरिएको छ । 

 

पत्रमा सरकारले २०७१ मा लगत प्रमाणीकरण गरेका २१६ जना हलियाले हालसम्म परिचयपत्र नपाएका उल्लेख छ । जिल्लामा हलिया प्रमाणीकरण हुन नपाउँदै जिल्ला मालपोत तथा मुक्त हलिया कार्यदलले परिचयपत्र विरतण रोकेकामा आपत्ति जनाउँदै सरकारले चित्त बुझ्दो जवाफ दिन माग गरिएको छ । 

 

ध्यानाकर्षण पत्रमा मुक्त हलिया पुर्नस्थापनाका लागि १० बुँदे माग गरिएको अध्यक्ष विश्वकर्माले बताए । 

 

ध्यानाकर्षण पत्रमा पुस्तौदेखि बसेको घर र उपभोग गर्दै आएको जग्गा हलियाको नाममा गराउनुपर्ने नभए उनीहरूको उठिबास लाग्ने अवस्था रहेको छ । सरकारले घर जग्गाका लागि रकम वृद्धि गर्नुपर्ने, स्पष्ट र सही वर्गीकरण नभएकाले वर्गीकरण सच्याउनुपर्ने, वास्तविक हलिया छुटेकाले छुट मुक्त हलियाको लागत लिनुपर्ने उल्लेख गरिएको छ । 

दार्चुलाका हलिया अझै मुक्त भएनन् 

 

सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरे पनि दार्चुलाका मुक्त हलिया भने अझै पनि हलिया भएर बसेका छन् । 

 

जिल्लाका कुल प्रमाणीकरण भएका ४ सय ५५ मुक्त हलियामध्ये ४ सय ३१ जनाले मात्रै हालसम्म परिचयपत्र प्राप्त गरेका छन् भने तीमध्ये पनि २४ जना मुक्त हलिया सम्पर्कमा नआएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ । 

 

जिल्लामा छुट मुक्त हलिया दुई हजार ५ सय को हाराहारीमा रहेको भए पनि उनीहरूको एकिन तथ्याङ्क संकलन नहुँदा संधै हलिया भएर बस्नुपर्ने बाध्यता छ । 

 

मुक्त हलियालाई सरकारले क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गरेको भए पनि दार्चुलाका दुई हजार ५ सय मुक्त हलियाले भने हालसम्म पनि कुनै किसिमको परिचय पत्र नपाएको गुनासो गरेका छन् । 

 

आफूले परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए कुनै सुनवाइ नभएको मालिकार्जुन गाउँपालिका पस्तीका मुक्त हलिया तारा लुहारले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement