Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिवि प्राज्ञिक नियुक्तिमा किन परेनन् महिला ?

  |      11:06:00   |  
त्रिवि प्राज्ञिक नियुक्तिमा किन परेनन् महिला ?

माघ ३, काठमाडौं।  संविधानले नै देशका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयमा भने कुनै पनि निर्णायक तहमा महिलाको नियुक्ति हुन सकेन।

हाल त्रिविले मेरिटोक्रेसीबाट नियुक्ति गर्ने भन्दै मापदण्ड पनि बनायो। यही आधारमा त्रिविको सावधिक पदमा खुला रूपमा आवेदन माग गरी विभिन्न समिति नै बनाएर नियुक्ति प्रक्रिया अघि बढाइयो। यसैमा आधारित भएर त्रिविले अहिले आठवटा डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, २४ क्याम्पस प्रमुख र ६ जना सहपरीक्षा नियन्त्रक गरी कुल ४० पदपूर्तिका लागि विज्ञापन गरेको थियो। आइतबारसम्म सबै पदमा नियुक्ति पनि भयो। तर प्रतिस्पर्धामा महिला हुँदाहुँदै पनि कुनै पदमा परेनन्।

किन परेनन् महिलारु

सानोठिमी क्याम्पस प्रमुखकी प्रतिस्पर्धी प्रतिमा ताम्राकारको अनुभवमा त्रिविमा मेरिटोक्रेसी नभएर दलक्रेसी हाबी भएका कारण महिला नपरेका हुन्। दलक्रेसीबाट पीडित उनी आफैं बनेको अनुभव सुनाउँदै उनले मेरिटोक्रेसीमा हुने भए उनी आफैं बलियो दाबेदार रहेको दाबी गरिन्।

‘अहिले सानेठिमी क्याम्पसमा नियुक्ति हुनुभएका प्रमुख उपप्राध्यापक डा। माधव श्रेष्ठ मभन्दा कनिष्ठ उपप्राध्यापक हुन्। उनको नम्बरभन्दा हरेक क्षेत्रमा मेरो अंक बढी छ। तर उहाँ माओवादीको भएकाले प्रमुखको चिठा पर्‍यो,’ सहप्राध्यापक एवं क्याम्पस प्रमुखकी प्रतिस्पर्धी ताम्राकारले नागरिकसँग भनिन्।

मेरिटोक्रेसीको नाममा अब्बललाई फालेर नियुक्ति गरिनु प्राज्ञिक क्षेत्रकै लागि नै विडम्बना बन्न पुगेको सरोकारवालाहरूको ठहर छ। प्राज्ञिक क्षेत्रको निर्णायक पदमा महिला नपुग्नुलाई त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्राडा सुवर्ण शाक्यले नियतवश हराइएको मानेका छन्। उनले महिला सक्षम र प्रतिस्पर्धामा भए पनि कतै राजनीतिको भागबन्डाको नाममा त कतै मेरिटोक्रेसीको नाममा फालिएको बताए।

‘मेरिटोक्रेसी नामका लागि मात्र बनायो। इन्जिनियरिङको डिनमा पनि एक महिला हुनुहुन्थ्यो तर उहाँ सर्टलिस्ट पाँचमा पर्नु भएन,’ शाक्यले आफूले डिनको प्रतिस्पर्धामा भोगेको तितो अनुभव सुनाए, ‘के को मेरिटोक्रेसी रु मेरो नाम एक नम्बरमा सिफारिस भएको थियो। तर तीन नम्बरकालाई इन्जिनियरिङको डिन बनाइयो। केवल राजनीतिका आधारमा।’

क्याम्पस नियुक्तिमा समेत सहप्राध्यापक, प्राध्यापकहरूलाई फालेर आफ्ना नजिकका र स्वार्थ मिल्दो तरिकाले उपप्राध्यापकहरूलाई प्रमुख बनाइएको छ। त्रिविको नियमअनुसार उपप्राध्यापक पनि कलेज प्रमुख हुन पाउँछन् तर उनीहरूले प्राप्त गर्ने अंक भने फरक हुन्छ।

भक्तपुरमा रहेको सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधव श्रेष्ठ क्याम्पस प्रमुख बने। छनौट समितिले सार्वजनिक गरेको पाँच जनाको सूचीमा सहप्राध्यापक डा। प्रतिमा ताम्राकार, सहप्राध्यापक राजेन्द्र कुँवर, सहप्राध्यापक डा। राजेन्द्र कुँवर शाह, उपप्राध्यापक डा। पूर्णबहादुर लामिछाने र उपप्राध्यापक माधव श्रेष्ठ थिए। तर छनौट समितिले एक नम्बरमा उपप्राध्यापक माधव श्रेष्ठको नाम सिफारिस गरिदियो र क्याम्पस प्रमुखमा उनै नियुक्ति पनि भए।

यसैगरी काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य कलेजको प्रमुखमा सहप्राध्यापक डा। पद्मकुमार अधिकारी नियुक्त भएका छन्। यो कलेज प्रमुखमा पाँच जनाको सर्टलिस्टमा महिला पनि थिए। पाँच जनाको नाममा प्राडा कृष्णराज आचार्य, प्राडा जीवधर ज्ञवाली, सहप्राध्यापक नवराज थापा र सहप्राध्यापक मोतीकला सुब्बाको नाम थियो।

पद्मकन्या कलेज प्रमुख जयालक्ष्मी प्रधानले प्राज्ञिक क्षेत्रको निर्णायक तहमा महिलालाई नपुर्‍याइनु र नपुग्नुले हाल त्रिविमा कायम भइरहेको दलीयकरण मानसिकतालाई नै लिन्छिन्। महिलामा योग्यता र क्षमता हुँदाहुँदै पनि महिलालाई प्रतिस्पर्धाबाटै हटाउने प्रयासलाई उनी त्रिविको कमजोरी नै ठान्छिन्।

‘चार वर्षअघि तत्कालन उपकुलपति प्राडा तीर्थ खनियाँ हुँदा पनि हामीले त्रिविको प्राज्ञिक पदमा महिला सहभागिता बढाउन माग गरेका थियौं तर सुनुवाई भएन,’ प्रधानले भनिन्, ‘त्रिविमा हरेक क्षेत्रमा महिला सक्षम प्राज्ञ हुनुहुन्छ। प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय लगायत सबै क्षेत्रमा दक्षता छ निर्णायक तहमा नपुग्नु दुःखद् हो।’

प्रधान सहनियन्त्रक नियुक्तिका लागि गठन गरिएको छनौट समितिको संयोजक पनि हुन्। ‘६ जना सहनियन्त्रकका लागि ६८ जनाको आवेदन परेकोमध्ये दुईजाा महिला थिए। तर उहाहरू मापदण्डभित्र पर्नुभएन,’ प्रधानले अनुभव सुनाइन्, ‘कतै मापदण्डले समेट्दैन त कतै दलगत भागबन्डामा पर्दैनन्। यसले महिलालाई निरुत्साहित गर्न खोजेको देखियो।’

क्याम्पस प्रमुखहरूको छनौट समिति सदस्य प्राडा रामप्रसाद ज्ञवालीका अनुसार २४ आंगिक कलेजमध्ये तीन वटा कलेजमा मात्र महिला प्रतिस्पर्धी सर्टलिस्टमा परे तर मापदण्डअनुसार कम अंक प्राप्त गरेकाले महिला पछि परेका हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement