Advertisement
Advertisement
Advertisement
Advertisement

तिहारमा डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दै हुनुहुन्छ रु यी दुईमा यस्तो छ भिन्नता

  |      13:47:00   |  
तिहारमा डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दै हुनुहुन्छ रु यी दुईमा यस्तो छ भिन्नता



कार्तिक २७,काठमाडौं । यदि तिहारमा किनमेल गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईले डेबिट र क्रेडिट कार्डको प्रयोग गर्ने गरेको हुनु पर्दछ । तर यो समयमा यसको प्रयोगबारे धेरैले जानकारी नपाउँदा अझ बढी धेरै लाभ लिन सकिरहेका हुँदैनन् ।

तापनि बैंकिङ क्षेत्रको आधुनिकीकरणसँगै यसको प्रयोग भने बढेको छ ।हुन त मोबाइल बैंकिङको प्रयोग बढेसँगै यससँग सम्बन्धित् नयाँ प्रविधिहरु पनि आउने क्रम जारीे छ ।अत्याधुनिक मोबाइल बैंकिङको बढ्दो उपयोगसँगै उपभोक्ताहरुले नगद होइन डेविट र क्रेडिट कार्डको प्रयोगलाई आजभोलि प्राथकिता दिन थालेका छन् । तर कहिले काहिं सर्वसाधारण झुक्किने गर्छन् ।
सारमा भन्नुपर्दा आफूले बैंकमा बचत गरेपछि प्राप्त हुने कार्डलाई डेबिट कार्ड भनिन्छ । क्रेडिट कार्डका लागि चाहिँ आफ्नो बचत हुनैपर्छ भन्ने हुँदैन । बैंकले विश्वास गरेका ग्राहकलाई यस्तो कार्डको सुविधा दिने गर्छ । जसमा बचत नभए पनि निश्चित रकमसम्म झिकेर आफ्नो व्यवहार चलाउन सकिन्छ । 

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने प्रायःजसो सबै बचतकर्तालाई यस्तो कार्ड दिने चलन छ । तर, संस्थागत (कम्पनीका नाममा खाता खोल्ने) निक्षेपकर्ताले भने यस्तो कार्ड पाउँदैनन् । यसलाई एटीएम (अटोमेटेड टेलर मेसिन)कार्ड पनि भनिन्छ । 

यसको माध्यमबाट बैंकको एटीएम मेसिनबाट नगद झिक्न वा वस्तु, सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । डेबिट कार्ड इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भनिन्छ । यसको प्रयोगले गर्दा चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिलाउँछ ।

कागजी चेकजस्तै यसको प्रयोग पनि बैंक खातामा आफ्नो रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ ।अर्कोतर्फ बैंकले ‘अहिले खर्च गर्दै गर, पछि तिर्दै गए हुन्छ’ भन्ने उद्देश्यले क्रेडिट कार्ड जारी गरेको हुन्छ । विदेशमा जस्तो नेपालमा क्रेडिट कार्डको त्यति चलन चल्ति भने छैन । यसमा शर्तहरु लागू हुन्छन् ।

डेबिट र क्रेडिट कार्डको भिन्नता राम्ररी बुझ्न नसक्दा सर्वसाधारणले कहिले काहिं महंगो मूल्य चुकाउनु पर्दछ । सामान्य अर्थमा भन्ने हो भने डेविट र क्रेडिट कार्डमा ठूलो भिन्नता छ। धेरै कम व्यक्तिहरूलाई यो फरक बारे थाहा हुन्छ । यी दुबै कार्डहरूमा फरक- फरक सुविधाहरू र विशिष्टताहरू छन् ।

उधारोको सिमा
क्रेडिट कार्डमा, तपाईंको कार्ड अनुसार एक सीमा हुन्छ ।यो १लाख रुपैयाँ वा सोभन्दा बढी हुन सक्छ । तपाईंले एक निश्चित सीमासम्म मात्र किनमेल गर्न सक्नुहुन्छ तर पछि त्यो रकम तिर्नुपर्छ, तर डेबिट कार्डमा, तपाईंसँग भएको रकमसम्म सीमित हुन्छ। जति खातामा बचत हुन्छ,त्यति सीमासम्म मात्र प्रयोग गर्न सकिन्छ ।

कागजी चेकजस्तै यसको प्रयोग पनि बैंक खातामा आफ्नो रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ ।अर्कोतर्फ बैंकले ‘अहिले खर्च गर्दै गर, पछि तिर्दै गए हुन्छ’ भन्ने उद्देश्यले क्रेडिट कार्ड जारी गरेको हुन्छ । विदेशमा जस्तो नेपालमा क्रेडिट कार्डको त्यति चलन चल्ति भने छैन । यसमा शर्तहरु लागू हुन्छन् ।

डेबिट र क्रेडिट कार्डको भिन्नता राम्ररी बुझ्न नसक्दा सर्वसाधारणले कहिले काहिं महंगो मूल्य चुकाउनु पर्दछ । सामान्य अर्थमा भन्ने हो भने डेविट र क्रेडिट कार्डमा ठूलो भिन्नता छ। धेरै कम व्यक्तिहरूलाई यो फरक बारे थाहा हुन्छ । यी दुबै कार्डहरूमा फरक( फरक सुविधाहरू र विशिष्टताहरू छन् ।

उधारोको सिमा
क्रेडिट कार्डमा, तपाईंको कार्ड अनुसार एक सीमा हुन्छ ।यो १लाख रुपैयाँ वा सोभन्दा बढी हुन सक्छ । तपाईंले एक निश्चित सीमासम्म मात्र किनमेल गर्न सक्नुहुन्छ तर पछि त्यो रकम तिर्नुपर्छ, तर डेबिट कार्डमा, तपाईंसँग भएको रकमसम्म सीमित हुन्छ। जति खातामा बचत हुन्छ,त्यति सीमासम्म मात्र प्रयोग गर्न सकिन्छ ।

फाइदाहरु
डेबिट कार्डले तपाईंलाई अनलाइन किनमेलमा छुटदेखि क्यासब्याकसम्मका फाइदाहरू दिन्छ । क्रेडिट कार्डबाट तपाईंले धेरै प्रकारका फाइदाहरू लिन सक्नुहुनछ ।यसमा क्यासब्याक, छुट र पुरस्कारहरू समावेश छन् । यसका अतिरिक्त उडान टिकट वा अन्य उपहारहरू रूपान्तरण गरी आनन्द लिन सकिन्छ ।

सुरक्षा सुविधाहरू

सुरक्षा सुविधाहरू डेबिट र क्रेडिट कार्ड दुवैमा समान छन् । अनलाइन किनमेल गर्दा वा दुबै कार्डबाट कुनै पनि भुक्तानी गर्दा ओटीपी, एसएमस वा पीन नम्वर सोधिन्छ।
(अनुवादित)

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement