Advertisement
Advertisement
Advertisement
Advertisement

तरकारी खेतीमा रमाउँदै दाङका थारु महिला

  |      22:19:00   |  
तरकारी खेतीमा रमाउँदै दाङका थारु महिला

पुस ११, दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । 

उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकी छन् । “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर९घर पुग्छु”, उनले भनिन्, “गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै रु डेढ लाखसम्म आम्दानी गरेँ ।” विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उनी व्यावसायिक तरकारीमा लागेकी हुन् । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहेकी छन् । 

वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आएकी उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गछिन् । धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल भएकी छन् । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उनले बताइन् ।  उनी मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् । 

सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बनेकी छन् । उनले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गरेकी छन् । उनी पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्छिन् । “पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ”, उनले भनिन्, “यसबाट वर्षमा रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ ।”

तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उनले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताइन् । सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आएकी छन् । दिनभर तरकारीखेतीमा व्यस्त हुने उनी पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्छिन् । उनले वार्षिकरुपमा रु साढे तीन लाखसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताइन् । 

“तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ”, उनले भनिन् । सामान्य लेखपढ गरेकी उनले व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताइन् । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उनको जोड छ । 

तुलसीपुर उपमहानगरपालिकाका  उपप्रमुख  स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गरिन् । किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताइन् । उनले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement