Advertisement
Advertisement
Advertisement
Advertisement

तरकारी खेतीबाट महिला उत्साहित

  |      15:40:00   |  
वेब तस्विर
वेब तस्विर

►हिक्मतबहादुर नेपाली 

फागुन १५, दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज लगाउन सक्षम हुनुभएको छ । 


बाँसघारी गौरीशङ्खर कृषक समूहकी अध्यक्षसमेत रहनुभएकी कार्कीले ‘साकार’ नामक परियोजनाको सहयोगबाट तरकारीखेती शुरु गर्नुभएको हो । यसअधि तमाखुखेती गर्दै आउनुभएकी कार्कीले तरकारीखेतीमार्फत घरखर्च चलाएर वार्षिक रु ३० हजार आम्दानी गरिरहनु भएको छ । आफनो बारीमा फलाएको तरकारी सङ्कलन केन्द्रमा लगेर बेच्ने गर्नु भएकी कार्कीले तरकारीको बीउसमेत उत्पादन गर्दै आएको बताउनुभयो । 


उहाँमात्र होइन, आठबीस नगरपालिका–४ राकमकर्णालीकी धना माझीले तरकारीखेती शुरु गरेको तीन वर्ष बित्यो । तरकारी खेतीमार्फत राम्रा आम्दानी हुने देखेपछि तरकारीखेती शुरु गरेको उहाँको भनाइ छ । ‘‘तमाखु लगाउनुभन्दा तरकारी लगाउँदा राम्रो आम्दानी हुने भएपछि तरकारीखेती ग¥यौँ’’, धनाले तरकारी बारीतिर देखाउँदै भन्नुभयो, “यो सबै तमाखु उत्पादन हुने झाडी हो, अहिले लटरम्म तरकारी फलेको छ ।” 


सोही नगरपालिकाको राकमकर्णालीस्थित वाडगडा टोलकी पदमकला माझीले हाल मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आउनुभएको छ । परम्परागत रुपमा स्थानीय जातका धान, गहुँ, मकै, कोदो तथा तमाखु लगाउने पदमकलाको बारीबाट उत्पादन भएको खेतीले मुस्किलले तीन महिलामात्रै खान पुग्थ्यो । 


‘‘श्रीमान्ले मजदूरी गरेर वार्षिक रु २५ हजार आम्दानी गर्नुहुन्थ्यो, त्यसैले घरखर्च चलाउँथ्यौ’’, उहाँ भन्नुहुन्छ, “त्यतिबेला ऋण माग्दा गाउँमा कसैले पत्याउँदैनथे । तरकारी खेतीसम्बन्धी खासै ज्ञान नभएकी पदमकलालाई डिसिए र सोसेक दैलेखमार्फत सञ्चालित साकार परियोजनाले सहयोग गरेको थियो ।” परियोजनाले मौसमी तथा बेमौसमी तरकारीखेती शुरु गर्न तालीम दिएको उहाँले बताउनुभयो । 


‘‘परम्परागत रुपमा लगाउने खेती छोडेर तरकारीखेती शुरु गरेँ,’ उहाँले भन्नुभयो “घरखर्च चलाउन सहज भएको छ, छोरालाई बोडिङ स्कुलमा पढाएको छु ।’ उहाँ जस्तै यहाँका २७० भन्दा बढी कृषकले व्यावसायिक तरकारी गरिरहेका छन् । तीमध्ये २०७ जना महिला छन् भने ६३ जना पुरुष छन् । 


परियोजनाले यहाँका सात सय घरधुरीलाई समेटेको छ । स्थानीय कृषकले आठबीस नगरपालिका वडा नं ३, ४, ५ र ८ मा गठित ३१ वटा कृषक समूहमार्फत तरकारीखेती गरिरहेका छन् । कृषकलाई बीउ, सिँचाइ कुलो, हाते ट्याक्टर सहयोग गरेको परियोजना संयोजक माधव भट्टराईले बताउनुभयो । 


कृषकले उत्पादित तरकारी सङ्कलन केन्द्रमा बिक्री गर्ने गरेका छन् । यहाँ दुई वटा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा छ । यहाँ हाटबजार समेत सञ्चालन हुने गरेको छ । ‘‘हप्ताको सातै दिन हाट बजार सञ्चालन हुन्छ’’, कृषक लक्ष्मी थापाले भन्नुभयो, ‘‘शनिबार दिनभर हाटबजार चल्छ, अन्य दिन बिहान ८ देखि १० र साँझ ३ देखि ५ बजेसम्म चल्छ, उत्पादन भएको तरकारी सङ्कलन केन्द्र र हाटबजारमा बेच्ने गरका छौँ, यहाँ बिक्री गरेर बचेको तरकारी दैलेख बजार तथा कालिकोट र सुर्खेतसम्म पठाउँछौ ।’’ 


बारीभरि तमाखुको झाडी हुने राकमकर्णाली आसपासमा महिलाले व्यावसायिक रुपमा तरकारीखेती सञ्चालन गर्न थालेपछि यहाँका वासिन्दाले बाह्रैमास तरकारी उपभोग गर्न पाएका छन् । यस क्षेत्रमा राम्रो तरकारी उत्पादन भएसँगै कृषि होमस्टे सञ्चालन गर्ने योजना राखिएको संयोजक भट्टराईले बताउनुभयो । 


आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले नगरमा कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि ‘एक वडा एक कृषि कार्यक्रम’ अन्तर्गत हरेक वडामा १५ लाख यसै आर्थिक वर्षमा विनियोजन गरिएको बताउनुभयो । तरकारी खेतीका लागि २५ प्रतिशत कृषक र ७५ प्रतिशत लगानी नगरपालिकाले गर्नेछ । 


सामाजिक सङ्घ संस्था र नगरको लगानीमा कृषिजन्य जमीनको माटो परीक्षण तथा कृषकको क्षमता विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । ‘‘यहाँ कृषि होमस्टे (घरवास)को राम्रो सम्भावना छ’’, नगर प्रमुख उपाध्यायले भन्नुभयो, “रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि राकमकर्णालीलाई होमस्टेसहितको कृषि पर्यटनको विकास गर्छौं ।” 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement