Advertisement
Advertisement
Advertisement
Advertisement

कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या घटेन

  |      16:55:00   |  
वेब तस्विर
वेब तस्विर

►हिक्मत बहादुर नेपाली 

फागुन २१, दुल्लु । कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थे । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थे । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरु यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारहरुमा छ्याप्छ्याप्ती समाचार छापिन्थे, अहिले पनि छापिन्छन्, त्यो प्रक्रिया अझै रोकिएको छैन । 


बाल विवाह रोकियो ?  या सानै उमेरमा विवाह गर्नेको सङ्ख्यामा कमी आयो ?  होटेलहरुमा गरिने सार्वजनिक कार्यक्रममा मात्र होइन, टोल टोल, गल्ली गल्ली र हरेक चिया पसलमा यसबारे चर्चा हुन्छ आजभोलि । चौध वर्ष पुगेकी बालिकाले विवाह गर्छिन् । विवाह पछि श्रीमान्को बाबुआमाको सहारा बनेकी १४ वर्षे बुहारी ९बालिका० १६ वर्ष नपुग्दै आमा बन्छिन् । धेरैजसोलाई प्रसूतिका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । कतिपयले ज्यान समेत गुमाउँछन् । यी सबैका जड बाल विवाह नै हो । 


ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीको तथ्याङ्कले बाल विवाह र २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्यामा कमी आउनुको साटो बढ्दै गएको देखाउँछ । डुङ्गेश्वर गाउँपालिकाको अवलपराजुल स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७४/७५ मा ६६ जना महिला सुत्केरी भएका रहेछन् । त्यसमध्ये २५ जना सुत्केरी हुने महिला २० वर्षमुनिका थिए । ती १५ देखि २० वर्ष उमेर समूहका हुन् । 


दैलेख अस्पतालमा पुग्दा अवस्था झनै नाजुक अवस्था देखा प¥यो । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कले जिल्लाभर ५ हजार ४४६ जनाले प्रसूति सेवा लिएको देखाउँछ । तीमध्ये एक हजार ४५९ जना २० वर्षमुनिका रहेको दैलेख अस्पतालका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार बाँकी तीन हजार ९८७ जना महिला २० वर्ष उमेर पुगेका हुन् । बीस वर्षमुनिका १२ जनाले गर्भपतन गराएको देखियो । यस्तै, २० वर्षमाथिका ३३६ जनाले गर्भपतन गराए । 


चालु आर्थिक वर्षको आठ महिनाको अवधिको तथ्याङ्क पनि उस्तै छ । यो अवधिमा प्रसूति भएका महिलामा ४० प्रतिशत भन्दा बढी कलिला उमेरका किशोरी हुने गरेको खोप अधिकृत रेग्मीले बताउनुभयो । जिल्लाभर दुई वटा अस्पताल, ५६ वटा स्थास्थ्य चौकी, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा सामुदायिक स्वास्थ्य इकाई र ती वटा शहरी स्वास्थ्य क्लिनिक छन् । यी मध्ये अस्पताल बाहेक ५८ वटा प्रसूति केन्द्र दैलेखमा छन् । 


पाँच महिना अघि नारायण नगरपालिका–९ की १५ वर्षीया दिपा शाहीको शल्यक्रियामार्फत प्रसूति गराइयो । गत वर्ष दैलेख पश्चिमको आठबीस नगरपालिकाकी १५ वर्षीया कृष्णा कसेराले बच्चा जन्माउन नसक्दा ज्यान गुमाइन् । आमासँगै नवजात शिशुको पनि मुत्यु भयो । उनले १३ वर्षको उमेरमा विवाह गरेकी थिइन् । यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । यिनीहरुलाई जस्तै जिल्लाका अधिकाँश गर्भवतीलाई बचाउन शल्यक्रिया गराउने गरिएको छ । शल्यक्रिया गरेकाहरुमा प्रायः २० वर्षमुनिका छन् । 


दैैलेख अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार १५ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत आमा बन्ने गरेका छन् । अस्पताल प्रमुख डा निरञ्जन पन्तले उनीहरुमध्ये अधिकाँशको शल्यक्रियाबाट प्रसूति गराइएको जानकारी दिनुभयो । “कलिलै उमेरमा आमा बन्न तयार हुन्छन् तर, बच्चा जन्माउन नसक्दा आमा र शिशुको ज्यान बचाउन शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ,” डा पन्तले भन्नुभयो । तिनीहरु स्वयं स्याहारसुसारमा ध्यान दिन नसक्ने कलिला किशोरीहरु हुन् । केहीलाई गर्भवती अवस्थामा कति पटक जाँच गराउने भन्नेसमेत थाहा नभएको अनुभव उहाँसँग छ । यही कारण मातृ मृत्युदर बढ्ने गरेको हो । कम उमेरमै विवाह गर्नाले उच्च शिक्षा हासिल गर्न असमर्थ हुने, गर्भवती अवस्थामा जटिलता आउने जस्ता समस्या हुने डा पन्त बताउनुहुन्छ । 


दैलेखमा बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्यामा कमी ल्याउन अभियान सञ्चालन नभएका होइनन् । केही अभियान चालु छन्, केही सम्पन्न भए । ती अभियान प्रभावकारी नबन्दा बाल विवाह नघटेको पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीको बुझाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement