Advertisement
Advertisement
Advertisement
Advertisement

आगलागीको चपेटामा पनि महिला

  |      10:01:00   |  
आगलागीको चपेटामा पनि महिला

फागुन २, काठमाडौं । सोलुखुम्बु नेचासल्यान गाउँपालिका- ४ मा गाईबस्तुलाई खोले पकाउने क्रममा ८० वर्षीया महिलाको फरियामा आगो सल्कियो। फरियाको आगो शरीरभरि सल्किएर घाइते भएपछि मिसन अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा उनको ज्यान गयो।

दाङ तुलसीपुर-१९ की ६४ वर्षीया महिलाले घरमा खाना पकाउने क्रममा लत्रिएको कपडामा चुलोको आगो सल्किएर शरीरभरि फैलियो। उनको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। गुल्मीमा आगो ताप्ने क्रममा एक जना पुरुषको मृत्यु भएको थियो। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ। घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने भएकाले उनीहरू नै जलनमा बढी पर्ने गरेको पाइएको छ।

मंगलबार र बुधबार २४ घण्टामा मात्र आगोले तीन जनाको ज्यान लियो, जसमा दुई जना महिला छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले घरेलु काममा महिला बढी सामेल हुने भएकाले असावधानीवश आगोले बढी महिलाको ज्यान लिने गरेको प्रष्ट पारे।

‘महिला बढी आगो नजिकका काममा व्यस्त हुन्छन्, अनि ज्यान जानेमा पनि महिलाको सङ्ख्या बढी हुने गरेको छ’, उनले भने। उनका अनुसार महिलाको ज्यान बढी जसो उनीहरूले लगाउने पहिरनका कारण पनि जाने गरेको छ। हिउँदको समयमा तराई भेगमा बढी घुर ताप्ने तथा पहाडमा दाउराको आगो ताप्ने चलन छ। 

शहरका घरभित्र हिटर, ब्रिकेट र मकल तापिन्छ। तराईमा अधिकांश महिलाले प्रायः सारी लगाउने चलन छ। पहाडमा महिलाले घर बस्दा सारी, लुङ्गी, म्याक्सी, पछ्यौरालगायतका खुकुला कपडा लगाउने गर्छन्। शहरमा पनि घर बस्दा प्रायः महिलाले खुकुला र लत्रिने कपडा जाडो महिनामा प्रयोग गर्छन्, जुन आगो लाग्दा सबैभन्दा पहिले जल्छ। त्यसपछि महिलाको ज्यानसमेत जाने गरेको प्रवक्ता भट्टराईले जानकारी दिए। 

‘घुर र दाउराको आगो ताप्दा पछाडि फर्केर (डाढ सेकाएर )ताप्छन्। आगो सल्केपछि महिलाको जनेन्द्रियसहितमा छिटो आगोले डढाउँछ र मृत्यु हुन्छ’, उनले भने। 

यो वर्षको हिउँद शुरु भएयता कात्तिक १ गतेदेखि माघ ३० गतेसम्म आगलागीले ३२ जनाको ज्यान लिएको छ, जसमध्ये २० जना महिला र १२ जना पुरुष छन्। आगो लगेर घाइते भएका २१८ जनामा १३९ जना महिला रहेको प्राधिकरणका स्रोत व्यक्ति दीपक श्रेष्ठले जानकारी दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement