पुस ९, रोल्पा । रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो ।...
पुस ९, काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा आउँदो बिहीवार ‘देविका बन्दना एकल साँझ’ हुने भएको छ । काठमाडौं, नुवाकोट, रामेछाप र काभ्रेका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका...
पुस ९, पोखरा ।तनहुँ को ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गर्नुभएको छ । बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय...
–नवीन नेपाली पुस ८, नारायणपुर । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त...
पुस ९, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई...
पुस ९, बैतडी । अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब...
पुस ९, ललितपुर । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको...
पुस ८, लमही । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी...
पुस ८, बाजुरा । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला...
पुस ८, खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु...
पुस ८, काठमाडौं । ग्रामीण क्षेत्रका विपन्न बालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘गायिका देवीका बन्दना एकल साँझ’ को आयोजना गरिने भएको छ। काठमाडौँ, नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयमा...
पौष ८ सिन्धुली । बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता गरिएको छ । “तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ आज प्रतियोगिता सम्पन्न भएको छ । सिन...
पुस ८, पाल्पा ।एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका...
पुस ८, बेत्रावती । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी...
पुस ८, विराटनगर । दाइजोलाई हराम अवैध मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान...
पुस ८ जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया...
पुस ८, काठमाडौं सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४।७ रेक्टर...
पुस ६, जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी...
पुस ६, तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ । कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित...
पुस ६, सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते...
पुस ६ वासिङटन । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै...
पुस ६, बेनी । म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको...
पुस ६, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दैआएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डलधानुकको मृत्यु भएको जेलर...
पुस ६, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइएको २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा...
पुस ६, भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ...
-इश्वर बलम्पाकी मगर उदयपुरकोे त्रियुगा नगरपालिका ९ गैरीवन मुसहर बस्तीकी २५ वर्षीया कविता सदा सुत्केरी भएको डेढ महिना भयो । सामान्यतया सुत्केरीलाई घण्टै पिच्छे नभए एकरदुई घण्टाको अन्तरालमा पोषिलो खानेकुरा खुवाइन्छ । तर...
पुस ६, गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा...
पुस ६, दाङ। घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले...
पुस ६, लहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर...
पुस ५, काठमाडौं । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट...