Advertisement
Advertisement

अभिनेत्री शिल्पा पोखरेलले जितिन् छविविरुद्धको मुद्दा

  |      12:09:00   |  
web image
web image

फागुन १५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ । 

 

रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएका थिए । तर, आपसी विवादका कारण उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन । अन्ततः उनीहरू सम्वन्धविच्छेदका अदालत गएका थिए ।

 

शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।

 

छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा छन् । गिताञ्जलीको मृत्युपछि छविले आफ्नो श्रीमती जेठीसासु (गीताञ्जलीकी दिदी) को जिम्मा लगाएका थिए । त्यसबेला छविले आफ्नो छोरालाई धर्मपुत्रका रूपमा पाल्न जेठीसासुसँग लिखित सम्झौता नै गरेका थिए ।

 

शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन् । छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन् ।

 

यदि धर्मपुत्र छविले फिर्ता पाउने अदालतले फैसला गरेको भए सम्पत्ति तीन भाग लाग्ने थियो । तर, अदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसला गरेको छ ।

 

छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

 

यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ । तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।

 

शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन् । तर, छविले चाहिँ उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement