वैशाख १८,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।
सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।
खासमा उनी बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर पार्टी एकता घोषणा रहेकाले उनी अस्पतालबाटै कार्यक्रममा उपस्थित भएकी थिइन् ।
कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए । पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।
रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् । राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो।
त्यसपछि उनी आज बिहान पुनस् उपचारका लागि ग्रान्डीमा भर्ना भएको उनको स्वकीय सचिव भक्त चलाउनेले जानकारी दिए ।